बिहिबार, बैशाख ३, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • ३८ वर्षीया र २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

३८ वर्षीया र २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ


कान्तिपथ


तनहुँ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-६ स्याम्घा घर भई सोही नगरपालिका-४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै ओखलढुंगामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत