शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी

हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी


कान्तिपथ


काठमाडाैं । इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बर्ष दिनको पूर्वसन्ध्यामा शनिबार आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ।

इजरायली सैन्य अधिकारीले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको बताएका छन् ।

इजरायलले लेबनानी समूह हिजबुल्लाहसँग युद्ध चर्किरहेका बेला सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले ‘कुनै छुट वा राहत बिना’ आक्रमण हुने बताउनुभएको छ ।

सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हेगारीले अगस्ट ७ को भयानक वर्षगाँठको पूर्वसन्ध्यामा टेलिभिजनमा प्रसारण गरिएको ब्रिफिङमा भन्नुभयो, “हामी यस दिनको लागि थप सेनाको साथ तयार छौं।”

अक्टोबर ७ मा प्यालेस्टिनी समूहले इजरायलमाथि एक्कासी गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो ।

एक वर्षपछि पनि गाजामा युद्ध जारी छ भने इजरायलले आफ्नो ध्यान लेबनान र इरान समर्थित हिजबुल्लाहतर्फ केन्द्रित गरेको छ ।

लेबनानको हिजबुल्लाहविरुद्ध इजरायली सेनाले ‘लक्षित’ कारबाही सुरु गरेयता ‘जमिनी र हवाई’ आक्रमणमा करिब ४४० हिजबुल्लाह लडाकू मारिएको बताएको छ ।

इजरायलले आफ्नो देशको उत्तरी क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं नागरिकलाईस्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले मध्यपूर्वका सशस्त्र समूहलाई समर्थन गर्ने तेहरानले इजरायलमा करिब २०० क्षेप्यास्त्र प्रहार गरेपछि इरानबाट ‘खतरा’ रहेको बताउनुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत