काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा लगेपछि पोखरामा प्रदर्शन भइरहेको छ।
शुक्रबार लामिछानेलाई प्रहरीले काठमाडौँबाट पोखरा पुर्याएको हो। आज उनलाई अदालत पनि उपस्थित गराइसकिएको छ।
कास्की प्रशासनले पोखराका विभिन्न क्षेत्रमा सभा, सम्मेलन तथा भेला हुन निषेध पनि गरेको छ। तर पनि रास्वपाका नेता कार्यकर्ताले लामिछानेको रिहाइको मागसहित प्रदर्शन गरिरहेका छन्। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले दबाउनका लागि पानीको फोहोरा प्रहार गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ