काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ ।
आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ ।
आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ