शनिबार, मंसिर २९, २०८१

सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने खड्का पक्राउ


कान्तिपथ


काठमाडौं । सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको TRUECALLER App मा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त व्यूरोबाट खटिएको प्रहरीले मोरङ बिराटनगर महानगरपालिका-१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत