बुधबार, फाल्गुन ६, २०८२

२१ जुवाडे पक्राउ


कान्तिपथ


उदयपुर । त्रियुगा नगरपालिका-९ गैरून माथान टोलस्थित जंग बहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय राजु कार्की समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १४ हजार ५ सय ७५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-९ भेडवाथान बस्ने कहरसिंह राजवंशीको घरमा जुवातास खेलिरहेको अवस्थामा कहरसिंह समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार रूपैयाँ, ४ बुक तास र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यसैगरी सिराहा, सिरहा नगरपालिका-७ स्थित थापा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ४१ वर्षीय पाण्डव मुखिया समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार २ सय ६५ रूपैयाँ, ७ बुक तास, ६ थान मोबाइल र ५ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत