बिहिबार, माघ १, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • स्वयम्भू प्रहरीद्वारा स्रोत नखुलेको ८ लाख रकमसहित एक जना पक्राउ

स्वयम्भू प्रहरीद्वारा स्रोत नखुलेको ८ लाख रकमसहित एक जना पक्राउ


कान्तिपथ


काठमाडौँ । स्वयम्भू प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका-१५ डल्लु स्थित झोलुङ्गेपुल नजिक बिष्णुमती करिडोर सडक खण्डबाट २५ वर्षीय अभय प्रधानलाई आठ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रधानलाई स्वयम्भू प्रहरीले चेकिङ डिउटीमा खटिएको प्रहरी टोलीले कालीमाटीबाट बालाजुतर्फ आउदै गरेको ०२–०३१ प. ५१४८ नं. को अप्रिला स्कुटरलाई संकास्पद लागेर रोकी चेक जाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की भित्र रातो लेदरको झोलामा पोको बनाई लुकाई राखेको अवस्थामा नगद रु आठ लाखसहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्‍व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको स्वयम्भू प्रहरी बृत प्रमुख डिएसपी उद्धवसिंह भाटले कान्तिपथलाई जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत