मङ्लबार, माघ ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख रुपैयाँ लिएर ठगी आरोपमा महर्जन पक्राउ

मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख रुपैयाँ लिएर ठगी आरोपमा महर्जन पक्राउ


कान्तिपथ


काठमाडौँ । तराइ मधेश फास्ट ट्रयाकको ठेक्कासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको भैसेपाटीका ४५ वर्षीय रवीन्द्र महर्जन छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुद्धनगरबाट सोमबार पक्राउ गरेको हो ।

फास्ट ट्रयाकको टेन्डरमा सहभागी हुने निर्णय उपर उच्च अदालत पाटनमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै उनले एक व्यक्तिसँग १ करोड २८ लाख लिएको पाइएको प्रहरीको भनाइ छ ।

रकम नदिए मुद्दा हराइदिने बताएपछि ती व्यक्तिले महर्जनलाई उक्त रकम बुझाएका प्रहरीले बताएको छ । उनीविरुद्ध ठगीको कसुरमा आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत