मङ्लबार, कार्तिक २७, २०८१

साढे २९ तोला बढी सुनसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडाैं । बुटवलमा राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुई जना पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु.२ ख.६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३३ को अकबर अलि मिया सुनसहित पक्राउ परेको जानकारी दिए।

२९ तोला ५८.१ लाल तौलको उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मियासहित अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनार समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत