बिहिबार, मंसिर २०, २०८१

कर्मचारी अभावले भन्सार कार्यालयमा काम गर्न समस्या


कान्तिपथ


सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ ।

उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी १० जनाको दरबन्दी भए पनि हाल पाँचजना मात्र कार्यरत छन् ।

कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार हाल कार्यालयमा अहिले एक भन्सार अधिकृत, एक लेखापाल र एक कम्प्युटर अपरेटर तथा तीन कार्यालय सहायक कार्यरत छन् ।

थोरै जनशक्ति हुँदा कार्य सम्पादन र राजश्व संकलनमा कठिनाइ भएको उनले बताए ।

राजविराज भन्सार मातहत सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा रहेका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख सिंहले बताए ।

“मुख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या भएको छ”, उनले भने, “यसबारे माथिल्लो निकायमा पाँच पटक पत्राचार गरे पनि सुनवाइ भएको छैन ।”-फाइल तस्बिर



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत