काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय तोकेको छ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला २१ घटेको छ।
महासङ्घले एक तोला चाँदीको मूल्य २ हजार ३० तोकेको छ।
यसअघि चाँदी प्रतितोला २ हजार ९० मा कारोबार भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ