बिहिबार, मंसिर २०, २०८१

स्वयम्भू प्रहरीद्वारा स्रोत नखुलेको दश लाखसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडौं । प्रहरी वृत्त स्वयम्भूले २ जनालाई पक्राउ गरेको छ।

कार्तिक १७ गते साँझ काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ ठुलोभर्‍याङस्थित सडक खण्डमा तिहार लक्षित चेकिङ डिउटीमा खटिएको प्रहरी टोलीले गैरीगाउँबाट ठुलोभर्‍याङ तर्फ आउँदै गरेको जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ फुलखर्क घर भई काठमाण्डौ गोगंबु बस्ने बर्ष ३६ को लोर बहादुर गुरुङले चलाएको प्रदेश ३-०२ प. ८८२६ नं. स्कुटर र सँगै आएको जिल्ला लम्जुङ्ग दुधपोखरी गाउँपालिका वडा नं. ५ घर भई ललितपुर महानगरपालीका वडा नं. १४ नखिपोट बस्ने बर्ष ५२ को धन बहादुर गुरुङले चलाई आएको बा ८९ प. ५८३४ नं. को बुलेट मोटरसाईकल रोकी चेक जाँच गर्ने क्रममा लोर बहादुर गुरुङ चलाई आएको स्कुटरको डिकी भित्र मान्यता प्राप्त संस्था वा भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य माध्यमबाट प्राप्त गरेको हुण्डी सम्बन्धी कारोबारको रकमसहित पक्राउ गरेकाे प्रहरी वृत्त स्वयम्भूले जनाएकाे छ ।

दुवै जनालाई काठमाण्डौ जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर मुद्दामा म्याद थप अनुसन्धान भई रहेको स्वयम्भू प्रहरी बृत प्रमुख डिएसपी उद्धवसिंह भाटले कान्तिपथलाई बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत