शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • निर्वाचित भएको घोषणा गर्दै ट्रम्पले भने, अब अमेरिकामा स्वर्ण युग आउनेछ

निर्वाचित भएको घोषणा गर्दै ट्रम्पले भने, अब अमेरिकामा स्वर्ण युग आउनेछ


गणेश विक


अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएको घोषणा गरेका छन्। उनले अमेरिकाको फ्लोरिडामा स्थानीय समयअनुसार बुधबार बिहान आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफू राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको बीबीसीले जनाएको छ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले अब अमेरिकामा स्वर्णयुग आउने दाबी गरेका छन्। उनले भने, ‘यो अमेरिकाकी जनताका लागि सानदार जित हो, जसले हामीलाई अमेरिका फेरि महान् बनाउन सक्षम बनाउनेछ।’ उनले आफ्नो जितको घोषणा गरे पनि यसबारे औपचारिक घोषणा भने भएको छैन।

ट्रम्पले अमेरिकी मतदाताले आफूलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको भन्दै धन्यवाद दिएका छन्।

ट्रम्पले आफूलाई ईश्वरले एक कारणका लागि बचाएको बताए। उनले भने, ‘त्यो कारण हाम्रो देशलाई बचाउन र अमेरिकालाई पुनः महान् बनाउनका लागि थियो। अब हामी सँगै मिलेर त्यो मिसन पूरा गर्नेछौँ।’

ट्रम्पले आफ्नो जितको घोषणा गर्दै पत्नी मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन्। सम्बोधनका क्रममा उनले पत्नी मेलानियालाई अमेरिकाकी ‘फर्स्ट लेडी’ समेत घोषणा गरेका छन्। ट्रम्पले आफ्ना सन्तानहरूलाई पनि धन्यवाद दिएका छन्ए। स्टेजमा उभिएका आफ्ना सन्तानको नाम लिँदै ट्रम्पले उनीहरूको प्रशंसा गरेका छन्।

पछिल्लो नजिताअनुसार ट्रम्पले २६७ इलेक्टोरल कलेज प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले २२४ इलेक्टोरल कलेज पाएकी छन्। निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत आवश्यक हुन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत