रौतहट । सँस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ । नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिलि सिंगारिन्छन् ।
त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन् । भनिन्छ नेपालको मध्य र पूर्वी तराईको साँस्कृतिक पर्व नै छठ हो भने पहाडि समदायले समेत उत्तिकै उत्साह एवं भक्तिका साथ यो पर्व मनाउन थालेको छ ।
छठ पर्व मनाउनुका पछाडि अनेक पौराणिक तथा लोक कथाहरू छन् । यसको पछाडि एउटा लामो इतिहास छ । सूर्य उपासनाको परम्परा वैदिककालदेखि रहेको छ जहाँ सूर्यलाई प्रत्यक्ष देवता स्वीकार गरिएको छ ।
छठ व्रत गर्नाले ईच्छाएको कुरा पुरा हुने, रोगहरू नाश, दरिद्रता नास,सन्तान प्राप्ति र परिवारमा सुख शान्ति छाउने जनविश्वास रहिआएको छ ।
छठ पर्व हिन्दुका साथै कतिपय मुस्लिम समुदायका महिलाहरूले समेत गर्ने गरेको पाइन्छ। तराई मधेसमा छठ पर्व मा सहभागी हुन जाने छोरी बुहारी तथा व्रतालु महिलाहरू सुन चाँदीको महँगा गहनाहरू लगाएर घाट सम्म जाने चलन रहेको छ।
जिल्ला सदरमुकाम गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शीवनगर, लगायत जिल्लाको सबै १८ स्थानीय तहको सैयौं स्थानमा लाखौं व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ पण्डालहरु सजाइएको छ।
छठ पर्वको अवसरमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन रौतहट स्थित सुरक्षाको लागि विशेष नीति अपनाइएको छ। छठीघाटहरूको सुरक्षार्थ जिल्ला भरीमा ९०० प्रहरी जनशक्ति परिचालन गरिने सीडीयो हिरालाल रेग्मीले बताएका छन्।
नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी दिलीप घिमिरेका अनुसार छठ पर्वको सुरक्षार्थ जिल्लामा ९ वटा मोबाइल टोली, ३ वटा रिजर्भ सहित ४३० जना प्रहरी डिउटीमा खटिएका छन् ।
त्यस्तै सशस्त्र प्रहरी प्रमुख एसपी विक्रम हुमागाईँले सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट छठ पर्व अवधिभरको लागि १५२ जना सुरक्षार्थ २४ सै घण्टा डिउटी परिचालन हुने जानकारी दिए ।
यो पर्व नेपालको गाउँ र शहर काठमाडौं उपत्यकाका रानीपोखरी, बागमती, विष्णुमती, मनहरा, कमलपोखरी, जनकपुर, वीरगन्ज, विराटनगर लगायत नेपालका धेरै ठाउँमा मनाइन्छ । यो सम्पूर्ण नेपालीको साझा पर्वजस्तो भैसकेको छ । त्यसैगरी भारतको बिहार, पूर्वी उत्तर प्रदेश एवं झारखण्डका साथै मुम्बई, दिल्ली, पञ्जाव लगायत अधिकांस ठाउँमा मनाउने गरेको पाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ