मङ्लबार, मंसिर २५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • मानव तस्करी प्रकरण : कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी प्रहरीको नियन्त्रणमा

मानव तस्करी प्रकरण : कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी प्रहरीको नियन्त्रणमा


कान्तिपथ


कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे हाे ।

अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ ।

नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

डिपोर्ट भएर आएका ३ जना सहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत