झापा । मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ६५१० नम्बरको स्कुटरमा सवार मेचीनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय नेसरू मियालाई २ ग्राम १ सय १० मिलिग्राम, भारतको पानीट्याङ्कीबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका-३ दावगाछी टोल बस्ने २५ वर्षीय मनिष कुमार धिमाल र सोही नगरपालिका-४ कृष्ण मन्दिर संगम चोक बस्ने २४ वर्षीय मनिष अधिकारीलाई ६ ग्राम ८ सय ४० मिलिग्राम तथा मुगु खत्याड गाउँपालिका-७ बस्ने २२ वर्षीय हिरा प्रसाद जैसीलाई २ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुरेन्द्र बर्मा र सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने ३२ वर्षीय दिपक बर्मा रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका-१५ अकलघरूवा बस्ने ३१ वर्षीय राजेश थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे.१२ प ८०८६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी संखुवासभा, खाँदबारी नगरपालिका-८ बिदाई चौतारास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीय बिष्णु शर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने २७ वर्षीय रोहित थापा मगर र सोही महानगरपालिका-१५ बस्ने २३ वर्षीय बिक्रम कुमार साह रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ४१ वर्षीय कुमार परियार र मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने २७ वर्षीय सुमन कार्की रहेका छन् ।
अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्ट चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ५० क्याप्सुल र स्पास्पेन ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय राज कुमार बिश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, हरिनगरा गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय जलामुदिन मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले को.३४ प ६६४० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ