बुधबार, चैत्र २५, २०८२

मेडिकल कलेजमा आगलागी, १० बालबालिकाको मृत्यु


गणेश विक


भारतको झाँसीमा मेडिकल कलेजमा आगलागी हुँदा कम्तिमा १० बालबालिकाको मृत्यु भएको छ ।

घटनामा अन्य १६ बालबालिका घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । शुक्रबार राति झांसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । घटनामा घाइते भएका अन्य १६ बालबालिकाको उपचार भइरहेको उल्लेख छ । घटनाको समयमा एनआईसीयूमा ५० भन्दा बढी बालबालिका भर्ना रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

उत्तरप्रदेश सरकारले मृतकका परिवारलाइ ५-५ लाख सहयोग दिने घोषणा गरेको छ भने घाइतेका परिवारलाई ५०-५० हजार दिने घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत