बिहिबार, माघ ३, २०८१

झापामा ८३ वर्षीया बृद्धाको हत्या, दुईजना पक्राउ


कान्तिपथ


काठमाडौं – झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ।

हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो।

अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर ७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए।

बृद्धाको हत्या गर्नुको कारणबारे पक्राउ परेकासँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत