काठमाडौं । नेपाल प्रहरी समाजको रक्षक हो । सर्वसाधारणलाई कानुनको पालना गर्न सिकाउने माध्यम हो र कानुनको कार्यान्वयन नभएको अवस्थामा कारबाहीका लागि प्रक्रिया अघि बढाइदिने आधार पनि हो । तर, जब समाजको सुरक्षामा खटिएको त्यो रक्षक नै भक्षक भएर निस्कन्छ, अनि सर्वसाधारणमा निराशा, आक्रोश र अत्यास बढेर जान्छ ।
प्रहरीप्रतिको विश्वास घटेर जान्छ । त्यो क्रम बढ्दै जाँदा एक दिन प्रहरीप्रतिको विश्वास सधैँका लागि मरेर जान्छ । नेपाल प्रहरीमा अहिले ठ्याक्कै त्यही अवस्था देखिदै आएको छ । सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी अहिले रक्षक नभएर भक्षकका रूपमा देखिएको छ ।
यस्तै काण्ड राजधानीको मुटू अथवा बाहिर जिल्लाबाट भित्रिने गर्ने मुख्य नाका रहेको नेपाल प्रहरीको थानकोट वृत्त मुद्दामा बस्ने असई तिर्थ रेग्मीको कमाउ धन्दा देख्दा त्यहाँ कार्यरत प्रहरीहरु छक्क परेका छन ।
असई रेग्मीले लामो समयदेखि मुद्दा मिलाई दिन्छु भन्दै पैसा अशुल्दै आएको खबर कान्तिपथलाई प्राप्त भएको छ ।
थानकोट प्रहरी वृत्तमा रहेका कैदीहरूबाट पैसाको बागिनिङ गर्ने र कसैलाई लत्ताकपडा समेत खरिद गर्न लगाउन्छन् भन्ने आरोप असई रेग्मीमाथि लागेको हो ।
स्रोतका अनुसार असई रेग्मीले प्रायजसो अभद्र व्यवहार मुद्दाबाट रकम असुली गर्ने गरेका छन् ।
असई रेग्मीले पिडीतलाई भन्छन्, मैले नै तपाईको मुद्दा छिटो छरितो गरिदिएको हो भनेर उनले कैदीहरूबाट आफ्नतको खातामा पैसा जम्मा गर्न लगाउन्छन्, र पछि आफु फसिन्छ भन्ने डरले नगद पैसा नै लिने गरेको स्रोतको दाबी छ ।
अभद्र व्यवहारको मुद्दामा छुटेका एक व्यक्तिले कान्तिपथसंग भने, म बाट ३५ हजार रूपयाँ लिनुभयो, यो सबै हाकिमलाई दिनुपर्छ। मलाई एउटा राम्रो चिटिक्कको जाकेट किनिदिनु भन्नु भयो थाहा छैन त्यो पैसा हाकिमलाई दिनुभयो कि भएन ।
मुद्दा हेर्ने हाकिमहरूलाई समेत पङ्गु बनाउने असई रेग्मीमाथि आरोप लागेको छ।
हाम्रो हाकिमहरूले २०० रुपैयाँ पाएपनि लिन छोड्नु हुन्न भनेर असई रेग्मीले चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष समेतलाई असई रेग्मीले तेल माग्ने गरेका छन्। हाकिमहरू भनेको केही समय बस्ने हुन सधै चाहिने भनेको हजुरहरुलाई म नै हो।
केही समय अगाडी मात्रै मुद्दामा बस्ने असई लामा थर कालाई पनि मैले नै चेन्ज गरेको भनेर आफु नजिक भएका प्रहरी कर्मचारीलाई बताउने गरेको असई रेग्मीमाथि आरोप छ।
असई रेग्मीको काम बेलुका भएपछि हिरासतमा रहेका व्यक्तिका आफन्तलाई फोन गरेर बार्गेनिङ अथवा मोलमलाई गर्ने गरेको र छिटो मुद्दा सल्टाउने भए पैसा खर्च गर्नुपर्छ भनेको कुरा कान्तिपथसंग नाम गोप्य राख्ने सर्तमा हिरासतमा रहेका आफन्तले बताए ।
असई रेग्मीले तीन महिना अगाडी मुद्दा फाँटमा काम गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट काजमा आएका सईलाई समेत पाखा लगाए ।
असई रेग्मीले हाकिमलाई कुरा लगाएर काम गर्न दिएन, पछि ति सई परिसर मै गए ।
प्रहरी वृत्त थानकोटमा कार्यरत जुनियर प्रहरी अधिकारी भन्छन्, असई रेग्मीको कल डिटेल हेर्दा अनि को९को पिडीतसंग बोल्छ भन्ने सबै कुराहरू प्रष्ट हुन्छ । र, प्रहरी वृत्त थानकोटमा कार्यरत जुनियर प्रहरी अधिकारीहरू असई रेग्मीदेखि रूष्ट छन् ।
(नोट : यस समाचारमा स्रोत व्यक्तिको नाम गोप्य राखिएको छ – सम्पादक)
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ