काठमाडौँ । भारतको राजस्थानस्थित जयपुर–अजमेर सडकखण्डमा ग्यास ट्यांकर ब्लास्ट हुँदा ९ जनाको मृत्यु भएको छ।
जयपुरस्थित सवाई मानसिंह अस्पतालले दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ।
शुक्रबार बिहान ग्यास ट्यांकर विस्फोट हुँदा यो दुर्घटना भएको हो।
मालबाहक ट्रक ट्यांकरमा ठोक्किएर दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
विस्फोटमा परी तीसभन्दा बढी गाडीमा आगो लागेको थियो। जसमध्ये एउटा बस पूर्ण रूपले जलेर नष्ट भएको बताइएको छ।
पेट्रोल पम्पनजिक रोकिएको ग्यास ट्यांकरलाई ट्रकले पछाडिबाट ठक्कर दिएको बताइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ