काठमाडौं। बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (इन्स्पेक्टर)सहित तीन जना पक्राउ परेका छन्।
घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको जनाउँदै प्रहरी उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको जनाएको छ।
राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सुक्ष्म अनुसन्धान चलिरहेको जनाएको छ।
प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले बताएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ