शुक्रबार, चैत्र २७, २०८२

अमेरिकाका पूर्व राष्ट्रपति कार्टरको निधन


गणेश विक


अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।

कार्टर सेन्टरले विज्ञप्ति जारी गर्दै जिमी कार्टरले आइतबार जर्जियास्थित आफ्नो घरमा अन्तिम लिएको जानकारी दिएको छ ।

जिमी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औं राष्ट्रपति थिए । सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति बनेका छन् ।

उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखे, ‘जिम्मीले हाम्रो देशको लागि महत्वपूर्ण समयमा राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरे र अमेरिकी जनताको जीवन सुधार गर्न काम गरे ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत