बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • दक्षिण कोरियामा एयरलाइन्स सञ्चालनको आपतकालीन सुरक्षा निरिक्षणको आदेश

दक्षिण कोरियामा एयरलाइन्स सञ्चालनको आपतकालीन सुरक्षा निरिक्षणको आदेश


गणेश विक


काठमाडौँ । दक्षिण कोरियाको सबैभन्दा खराब विमान दुर्घटना पछि, कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले देशका सबै एयरलाइन्स सञ्चालनको आपतकालीन सुरक्षा निरीक्षणको आदेश दिएका छन् ।

यसैबीच नागरिक उड्डयन उपमन्त्री जु जोङ–वानले देशका छवटा वायुसेवा कम्पनीले सञ्चालन गरेका यस मोडलका १०१ वटा जहाजको राम्रोसँग निरीक्षण गरिने बताएका छन् ।

आइतबार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरण गर्नेबित्तिकै आगलागी हुँदा दुई जनाबाहेक सबै १७९ जनाको मृत्यु भएको थियो ।

कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले दुर्घटनाको कारण तुरुन्तै खुलाउन अनुसन्धानकर्ताहरूलाई आग्रह गरेका छन् ।

अज्ञात ल्यान्डिङ गियर समस्याको कारण जेजु एयरको अर्को उडान सोमबार टेक अफ भएको केही समयपछि सियोल फर्किएपछि उनको आदेश आएको हो ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार जेजु एयरको विमान जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र ल्यान्डिङ गियरमा समस्या भएको थाहा पाएपछि एक घण्टाभन्दा कम समयपछि फर्किएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत