बिहिबार, माघ ३, २०८१

५ सयबढी नम्बर साइबर ठगीमा सक्रिय, सचेत रहन सिआइबीको चेतावनी


कान्तिपथ


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर ठगी कार्यमा हालसम्म पाँच सय बढी सन्दिग्ध फोन नम्बर सक्रिय रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले एक विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका छन् ।

विज्ञप्तिअनुसार हाल ई सेवा, खल्ती जस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगो राखेर ती संस्थाको आधिकारिक व्यक्ति हुँ भन्दै फोन गर्ने, व्यक्तिगत खाताको गलत पासवर्ड पटक पटक राखेर ‘टेम्पोररी क्लोज’ गराउने र त्यही समय प्रयोगकर्तालाई फोन गरी तपाईँको खातामा समस्या छ भनेर ओटिपी नम्बर मागी रकम चोर्ने गरेका घटना देखिएका छन् । यस्तै अनलाइन व्यापारका नाममा अनेक किसिमका ठगी धन्दा चलाउने जस्ता पनि घटिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै घटनाहरूबाट हालसालै पोखरामा ५७ लाख, चितवनका १६ लाख, नेपाल सरकारकै कर्मचारीको ५ लाख५० हजार गरी करोडौँ ठगिएका घटना देखिएको पनि सिआइबीले जनाएको छ ।

‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएको फोन तथा मेसेजहरू नउठाउन र रिप्लाई नदिन’ सिआइबीले आग्रह गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत