शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त


गणेश विक


लस एन्जलस। अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा  र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ ।

अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पुर्ण रूपमा ध्वस्त भएको छ । साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ ।

जसअनुसार हलिउडका ठुला सेलेब्रेटीका पनि अर्बौ मुल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन्  ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत