काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो ।
आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्धा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फर्छयौट भएको जानकारी गराएका थिए ।
फर्छयौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको जनाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ