बुधबार, चैत्र २५, २०८२

भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने


गणेश विक


काठमाडौं । असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्।

गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा नियुक्त भएपछि जय शाहले उक्त पद छाडे पछि सैकियाले त्यसको कार्यबहाककाे जिम्मेवारी सम्हाल्दै आएका थिए, हाल उनले पुर्ण जिम्मेवारी पाएका हुन ।

असमका देवजित सैकियाले क्रिकेट, कानून र प्रशासनलाई समेट्ने विविध पृष्ठभूमिमा काम गरिसकेका छन भने एक पूर्व प्रथम श्रेणी क्रिकेटर, साइकियाले विकेट किपरको रूपमा १९९० र १९९१ बीचमा चार खेल खेलेका थिए । उनले ५३ रन बनाएर नौ विकेट लिएका थिए ।

तर, २८ वर्षको उमेरमा कानुनी अभ्यासमा लागेका थिए, जसले गुवाहाटी उच्च अदालतमा वकिलको रूपमा लामो समयसम्म काम गरेका थिए ।

तर, २०१६ मा सैकियाले असम क्रिकेट संघका ६ जना उपाध्यक्ष मध्ये एकको रूपमा क्रिकेट प्रशासनमा प्रवेश गरेका थिए, जो अहिले असमका मुख्यमन्त्री छन्। उनी पछि २०२९ मा असम क्रिकेट संघका सचिव भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत