बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • पाकिस्तानले भेटायो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी

पाकिस्तानले भेटायो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी


गणेश विक


इस्लामबाद । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ ।

पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए । उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो ।

मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन । उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र यो प्रक्रिया सुरु हुनेसमेत बताए । यस सम्बन्धमा पाकिस्तानको भूगर्भ सर्वेक्षणले अटकका १२७ स्थानमा नमूना सङ्कलन गरेको थियो ।

उनले यो खोज पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने महत्वपूर्ण पाइला भएको र यसले देशलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै आगामी पुस्ताका लागि नयाँ अवसरको सम्भावना पनि सृजना गरेको बताए ।

यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रूपमा कमजोर छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। सुनको धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनुको प्रमाण पनि हो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत