काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंले दुई पाङ्ग्रे चालकसँग दुई मिनेट कार्यक्रम अभियान सुरू गरेको छ ।
ट्राफिक प्रहरी प्रभाग नेपालटारले आज काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंं- ८ लामबगर दुर्गामन्दिरस्थित कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमले दुर्घटना न्यूनिकरणमा प्रहरीको भुमिकालाई सफल पार्न यहाँहरुको साथ, सहयोगको अपेक्षासहित जनचेतना कार्यक्रममा सहभागि भई दिन समेत अनुरोध गर्दै सहभागि मित्रज्यूहरुमा हार्दिक धन्यबाद समेत व्यक्त गरेको छ।
“ट्राफिक नियम जानौ पनि, मानौ पनि दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔ” भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ