आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • गेम चेन्जर र ‘पुष्पा २’ का निर्माताका घर र कार्यालयमा आयकर विभागको छापा

गेम चेन्जर र ‘पुष्पा २’ का निर्माताका घर र कार्यालयमा आयकर विभागको छापा


गणेश विक


हैदाराबाद । सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ ।

यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ, र भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

एकातिर यो फिल्मको सक्सेस पार्टीका निर्माता–निर्देशकहरु मनाउँदैछन् भने अर्कातिर यो फिल्मसँग जोडिएका ब्यक्तिहरूको घर–अफिसमा आयकर छापा मार्ने क्रम शुरु भएको छ ।

न्यूज १८ को वेबसाइटमा प्रकाशित समाचार अनुसार आयकर विभागका अधिकारीहरूले बुधबार (२२ जनवरी) हैदराबादस्थित ‘पुष्पा २’ निर्देशक सुकुमारको घर र कार्यालयमा छापा मारेका थिए।

साक्षीका अनुसार छापा बिहान सबेरै सुरु भएको थियो र केही घण्टासम्म चलेको थियो। त्यो बेला सुकुमार हैदराबाद एयरपोर्टमा थिए जब आयकर अधिकारीहरूले उनलाई उनको निवासमा छापा मारिएको थियो ।

यद्यपी छापा मार्नुको उद्देश्य र नतिजाबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।

यस छापा मार्ने सम्बन्धमा आयकर विभागका कुनै पनि अधिकारीले कुनै बयान दिएका छैनन्।

सुकुमार हालै रिलिज भएको फिल्म ‘पुष्पा २स् द रुल’ को सफलताको आनन्द लिइरहेका बेला यो छापा मारिएको हो ।यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् र यो फिल्मले विश्वभर १८०० करोडभन्दा बढी कमाई गरेको छ ।

साथै हिजो मात्रै आयकर विभागले निर्माता दिल राजुको सम्पत्तिमा पनि छापा मारेको छ । आयकर अधिकारीहरूले कर छलीको आशंका गर्दै कागजातहरू जाँच गरिरहेका छन्।

यो कारबाही कथित बेहिसाब आम्दानीको अनुसन्धानको हिस्सा भएको बताइएको छ । अधिकारीहरूले सम्भावित कर छली पत्ता लगाउन वित्तीय रेकर्ड र लेनदेनको जाँच गरिरहेका छन्।

थप बिवरण आउन बाँकी रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत