काठमाडौँ । प्रहरी प्रधान कार्यालयले २ जना डीएसपीको काज सरुवा गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।
यसैगरी दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ ।
काठमाडौँको अपरेशन कमाण्डरको रुपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ