बुधबार, चैत्र २५, २०८२

युक्रेन रूससँग शान्तिवार्ता गर्न तयार छ


गणेश विक


’किभ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुससँग वार्ता गर्न तयार रहेको जनाएका छन् ।

रूस युक्रेन युद्धमा अहिलेसम्म ४५ हजार १०० युक्रेनी सैनिक मारिएको तथा ३ लाख ९० हजार सैनिक घाइते भइसकेको जानकारी दिदै उनले रूससँग शान्ति वार्ता गर्न तयार रहेको जानकारी दिएकाे हाे ।

एक युट्युब अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको जनाउँदै त्यसका लागि अमेरिकी तथा पश्चमेली मुलुकले बातावरण बनाउन भुमिका खेल्नु पर्ने पनि जनाएका छन ।

जेलेन्स्कीले भने, ‘यदि यो युक्रेनमा शान्ति ल्याउने एकमात्र उपाय हो भने हाम्रो देशले अवश्य अपनाउने छ। यद्यपि वार्ताको टेबलमा म पुटिनप्रति धेरै निर्दयी हुनेछु। साँच्चै भन्ने हो भने म उसलाई शत्रु मान्छु र उसले पनि मलाई शत्रु ठान्छन।’

युक्रेनी राष्ट्रपतिले ३ वर्ष बितिसक्दा पनि युद्धको मोर्चामा द्वन्द्वको अवस्था रहेको बताएका छन् । २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धले चाँडै तीन वर्ष पूरा गर्दैछ ।

जेलेन्स्कीले अगाडी भने, ‘मलाई विश्वास छ कि यदि हामी वार्ताको दिशामा अघि बढ्छौं भने यसमा अमेरिका, युरोप, युक्रेन र रुसलाई समावेश गर्न आवश्यक छ। हामी युक्रेनी भूमिहरूमा कुनै पनि रूसी कब्जालाई मान्यता दिने छैनौं।’ उनले रुसलाई युक्रेनको भुमीवाट धपाउन पश्चिमी देशबाट प्राप्त समर्थन पर्याप्त नभएकोसमेत गुनासो गरेका छन् ।

जेलेन्स्कीको दावी अनुसार सन् २०२२ यता ३.५ लाखभन्दा बढी रुसी मारिएका छन् भने ७ लाख घाइते वा बेपत्ता भएका छन् । तर, यी तथ्याङ्कको पुष्टि हुन भने सकेको छैन । 

साथै, जेलेन्स्कीले रुसमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि नचाहेको बताए । उनको तर्क छ कि, यसो गरिहालियो भने भविष्यमा फेरि आक्रमणको जोखिम बढाउनेछ। ‘तर, हाम्रो युक्रेनी अधिकारी किथ केलोग र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज बासिंगटनको सम्पर्कमा रहेका छन्।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग दुई युद्धमा सहयोगको बदलामा दुर्लभ ‘मार्थ खनिज’ लागि सम्झौता गर्ने कुरा यस अघि नै गरिसकेका छन्। उनले भने कि अमेरिकाले युक्रेनलाई आफ्ना युरोपेली सहयोगीहरू भन्दा बढी सैन्य र आर्थिक सहायता पठाएको छ।

युद्ध सुरु भएदेखि नै अमेरिकाले युक्रेनलाई करिब ६३ अर्ब डलर सहयोग गरिसकेको छ । आफ्नो चुनावी अभियानमा पनि ट्रम्पले युक्रेन युद्ध एकै दिनमा अन्त्य गर्ने कुरा गरेका थिए । यद्यपि उनले यसबारेमा केही बताएका भने छैनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत