शुक्रबार, साउन २, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक प्रहरीको कब्जामा

तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक प्रहरीको कब्जामा


गणेश विक


काठमाडौं । जिल्ला बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक कब्जामा लिएको छ।

बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक कब्जामा लिएको हो।

गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६:५० बजे नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

उक्त ट्रकमा ६५ लाख २९ हजार ९५० रुपैयाँ बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी, हार्डवेयरलगायतका खुद्रा सामान रहेको प्रहरीले जनाएको छ। ती सामान बिल बिजकभन्दा बढी देखिएपछि तस्करीको आशंका गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत