काठमाडौ । काठमाडौं ड्युटीमा खटिएका प्रहरी कुट्ने विद्यार्थी संगठन अनेरास्ववियुका नेता फरार भएका छन् । उनीहरुले प्रहरीमाथि गए राति सांघातिक आक्रमण गरेका थिए ।
प्रहरी वृत्त, दरबारमार्ग अन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि राति १२ बजे आक्रमण भएको प्रहरीले जनाएको छ ।
विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आक्रमणमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली रहेको र उनीहरु हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको विरुद्ध मुद्दा दर्ता गरिने भएको छ । घाइते प्रहरीमध्ये घर्तीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ