बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • बीबरको सबन्धमा ‘खटपट’, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपुर्ति

बीबरको सबन्धमा ‘खटपट’, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपुर्ति


गणेश विक


काठमाडौं । आफ्नो गीतले पुरै विश्वलाई पागल बनाएका चर्चित गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा सबै कुरा ठीक छैन । 

केही मिडिया पोर्टलहरूले दावी गरेका छन् कि जस्टिनले आफ्नी पत्नी हेली बाल्डविनसँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन । वास्तवमा दुवैले ७ वर्षअघि अर्थात २०१८ मा विवाह गरेका थिए ।

६ महिना अघि मात्रै हेलीले छोरा ज्याक ब्लुज बिबरलाई जन्म दिएकी थिइन् र अहिले छोराको जन्म भएको केही महिनापछि नै उनीहरुको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, जस्टिन वा हेलीबाट यसबारे कुनै पुष्टि भएको छैन।

जानकारीका अनुसार हेलीसँग अलग हुनु जस्टिनका लागि निकै महँगो साबित हुन सक्छ । किनभने हेलीले उनीबाट ३०० मिलियन डलर भागमा लिन सक्ने जनाइएको छ । 

डिभोर्सको निर्णय हेलीले लिएको पनि रिपोर्टमा लेखिएको छ । किनभने उनी जस्टिनको बानीबाट निकै चिन्तित र हैरान छिन् । जस्टिनलाई ड्रग्सको बानी छ, उनले हेलीसँग बिहे गर्दा आफ्नी श्रीमतीलाई ड्रग्सबाट टाढा रहने आश्वासन दिएका थिए  तर जस्टिनले आफ्नो वाचा तोडेका छन् । उनको यो बानीले हेलीलाई विचलित बनाइरहेको छ । 

हेलीले रक्सी खाएको जस्टिनको व्यवहार मन पराउँदैनन्। उनी आफ्नो सन्तानको भविष्यलाई लिएर चिन्तित छिन् । जस्टिनको बानीलाई ध्यानमा राख्दै हेलीले आफ्नो बच्चाको पूर्ण हेरचाहका लागि आवेदन दिन सक्छिन्। यही कारण उनीहरुको तर्फबाट ठूलो रकमको माग भइरहेको छ ।

हेली र जस्टिनले सन् २०१५ अर्थात् १० वर्षअघि एक अर्कालाई डेट गर्न थालेका थिए । त्यतिबेला जस्टिन २१ वर्ष र हेली १९ वर्षकी थिइन् । तर, सुरुमा यो सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुको ब्रेकअप भएको थियो । तर, केही वर्षपछि दुवैले एक अर्कालाई फेरि भेटे र दुवैले आफू एक अर्काका लागि बनेका हुन् भन्ने कुरामा विश्वस्त भए र त्यसपछि जस्टिन–हेलीले विवाह गरेका थिए ।

जुन सबन्धमा अहिले दरार उत्पन्न भएको जनाइएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत