अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।
७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११ फेब्रुअरी प्रोमिस डे, १२ फेब्रुअरी हग डे, १३ फेब्रुअरी किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ।
यस अन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् ।
भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात् ‘गुडिया’ उपहार दिन्छन् ।
प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिने पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।
यससँगै उनीहरूले उपहारसँगै हृदयमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्।
यस्तो छ इतिहास
विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ । तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो । त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे । उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो । त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे ।
आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए । उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो । जसले प्रेमका लागि जीवन उत्र्सग गरे ।
जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे ।
पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए । उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन् । अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ