आइतवार, चैत्र १०, २०८१

पत्रकार महासंघ बझाङका अध्यक्ष सिंहमाथि चक्कु प्रहार


गणेश विक


काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि कुटपिट भएको छ ।

सोमबार राति साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा उनलाई कुटपिट तथा चक्कु प्रहार भएको हो ।

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सिंहमाथि बझाङकै बिनोद कठायतको समूहले आक्रमण गरेको हो ।

घटनामा संलग्न २९ वर्षीय बिनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको ठगुन्नाले बताए ।

सिंहलाई घटनालगत्तै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ । पीडित सिंहले आफ्नो ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण भएको जानकारी दिए ।

‘म खाना खाएर आफ्नो कोठातर्फ गइरहेको थिएँ, उनीहरुले मलाई होटलमा बोलाएर कोठाको ढोका बन्द गरेर कुटपिट गरे, चक्कु प्रहार गरे,’ उनले भने, ‘उनीहरुको मलाई मार्ने उद्देश्य थियो ।’

सिंहले प्रहरीमा उजुरी दिइसहेको जानकारी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत