बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सशस्त्र प्रहरीका ७ जनालाई ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ

सशस्त्र प्रहरीका ७ जनालाई ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ


गणेश विक


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाइ पक्राउ गरिएको हो ।

सो सुचना प्राप्‍त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले सापकोटालाई सोमवार दिउँसो ३ः०० वजे जिल्ला काठमाण्डौ दक्षिणकाली–०५ फर्पिङबाट पक्राउ गरिएको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बलमा कार्यरत ७ जना प्रहरी कर्मचारीहरुबाट मिसनमा पठाउने भन्दै रकम लिएको खुल्न आएको छ ।

र, उनी विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानूनी कारवाही भएका ब्यक्ति भएको पनि खुल्न आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत