बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • ड्युटी सकेर घर जान लागेका हवल्दार खडायतको भिरबाट खसेर मृत्यु

ड्युटी सकेर घर जान लागेका हवल्दार खडायतको भिरबाट खसेर मृत्यु


गणेश विक


बैतडीमा प्रहरी हबलदारको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका– ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार हबलदार खडायतको दार्चुलाको शैल्यशिखर नगरपालिका– १ वारिल घर हो ।

‘बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला वारिल भिरबाट लडेर हबलदार खडायत गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘तत्काल उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका हुन्।’

मृतक खडायतको  शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत