आइतवार, चैत्र १०, २०८१

इन्सपेक्टर सन्तोषीको आत्महत्यामा इन्सपेक्टर विवेक पक्राउ


गणेश विक


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहन जाहेरी दर्ता भएपछि जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्रेको जानकारी दिएको छ ।

जोशीमाथि महतलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

परिवारका अनुसार उनीहरुबीच प्रेम सम्बन्ध थियो ।

शनिबार राति पोखरास्थित सशस्त्रको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनको शौचालयमा महत झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत