बुधबार, चैत्र ५, २०८१

बुधबार साँझ एआईजीमा बढुवा भए जनक भट्टराई


गणेश विक


काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो ।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।

एआईजी केसीले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले मंगलबार उनको राजीनामा स्वीकृत गरेको थियो ।

प्रहरीका अनुसार डीआईजी भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको हो ।

सोहीअनुसार बढुवा समितिले भट्टराईलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो । केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् ।

एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् ।

यो निर्णयसँगै भट्टराईले एआईजीको दज्र्यानी चिन्ह पाउने भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत