बुधबार, चैत्र २५, २०८२

दक्षिण अमेरिकामा भयानक आँधी, कम्तीमा २० जनाको मृत्यु


कान्तिपथ


दक्षिण अमेरिकामा भयानक आँधी आएको छ। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ। तीमध्ये १२ जना मिसौरीका छन्। बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ। ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो (स्थानीय समय) ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ। प्रभावित राज्य टेक्सास, मिसौरी र इलिनोइस छन्।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ। साथै अलाबामा र अर्कान्सासका केही भागमा पनि बाढीको चेतावनी जारी गरिएको छ।

राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ। यसअघि शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधीका कारण उच्च सतर्कता जारी गरिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत