नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जना सर्टलिस्टमा परेका छन् । नेप्सेको सीईओका लागि नियुक्तिका लागि गठित सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको हो ।
नेप्सेको सीईओका लागि १० जनाले आवेदन दिएका थिए । त्यसमध्ये पाँच जनाको नाम सर्टलिस्टमा पारिएको हो । अब उनीहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।
सिफारिस समितिका अनुसार चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्यनकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका छन् । उनीहरूलाई बुधवार बिहान ७ बजे कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ