बुधबार, फाल्गुन ६, २०८२

पाकिस्तानबाट ८ लाख बढी अफगान शरणार्थी स्वदेश फर्किए


कान्तिपथ


इस्लामबाद । पाकिस्तानमा गैरकानुनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ ।

समाचार अनुसार २० मार्चसम्म ८ लाख भन्दा बढी अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन ।

एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्ड धारकहरूलेसमेत पाकिस्तान छोड्नु पर्नेछ। 

जस अन्तर्गत पाकिस्तानबाट हालसम्म ८ लाख ७४ हजार २८२ अफगानीलाई फिर्ता पठाइ सकिएको छ । आतंकवादसँग सम्बन्धित चिन्ताका कारण सरकारले यो कदम चालेको हो।

पाकिस्तानी अधिकारीले यस प्रक्रियामा कसैलाई पनि दुर्व्यवहार नगर्ने आश्वासन दिए। अफगानिस्तान फर्किन लागेका नागरिकका लागि खाना र स्वास्थ्य सुविधाको व्यवस्था पूरा भएको बताए । अधिकारीले तोकिएको समयसीमा पछि पाकिस्तानमा गैरकानुनी रूपमा बस्ने मानिसहरूलाई कडा कानुनी कारबाही गरिनेसमेत जनाएका छन ।

यसैबीच, अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले पनि गत बिहीबार पाकिस्तानलगायत विश्वका अन्य देशका अफगान शरणार्थीहरूलाई क्रमशः स्वदेश फिर्ता गर्न आह्वान गरिसकेका छन्।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत