शनिबार, बैशाख १३, २०८२

आज डलरको कारोबार भाउस्थिर, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?


गणेश विक


काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि यसको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

 आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ १० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ ३५ पैसाले घटेको छ ।

आइतबार यसको खरिदमूल्य १४८ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ ४५ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ११ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९६ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९३ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ १९ पैसा तथा बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ६५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ८२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत