काठमाडौं । काठमाडौंको तिनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले बारम्बार चेतावनी दिए पनि प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको हो।
अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन् भने केही स्थानमा सामान्य झडप भएको छ। प्रदर्शनकारीहरूले ढुंगा हान्दा केही सुरक्षाकर्मी घाइते भएको बताइएको छ।
प्रदर्शनस्थलमा अहिले पनि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले कडा निगरानी गरिरहेको छ।
स्थानीय बासिन्दाहरूले प्रदर्शनका कारण आवागमन प्रभावित भएको बताएका छन्। प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ