शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • तीनकुनेमा तनाव: प्रदर्शनकारीको आक्रमणबाट महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

राजावादी प्रदर्शन उग्र, क्षेत्र तनावग्रस्त

तीनकुनेमा तनाव: प्रदर्शनकारीको आक्रमणबाट महिला सशस्त्र प्रहरीको टाउको फुट्यो


गणेश विक


काठमाडौं । तीनकुनेमा राजावादी समूहको प्रदर्शन उग्र बन्दा एक महिला सशस्त्र प्रहरीको टाउको फुट्ने गरी चोट लागेको छ।

प्रदर्शनकारीहरूले गरेको आक्रमणमा परेर ती महिला सुरक्षाकर्मी घाइते भएकी हुन्।

प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोज्नेहरूलाई रोक्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो।

त्यही क्रममा ढुंगा प्रहार हुँदा महिला प्रहरी अधिकृत गम्भीर रूपमा घाइते भएकी हुन्। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ।

राजावादी प्रदर्शन उग्र, क्षेत्र तनावग्रस्त

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै गरिएको प्रदर्शन शनिबार बिहानदेखि नै आक्रामक बनेको थियो। प्रहरीले बारम्बार चेतावनी दिए पनि प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।

झडप चर्किएपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। तर, प्रदर्शनकारीहरू झनै आक्रामक बनेर सुरक्षाकर्मीमाथि ढुंगा, इँटा प्रहार गर्न थालेपछि हिंसा चर्किएको बताइएको छ।

थप सुरक्षाकर्मी परिचालन

स्थिति नियन्त्रणमा लिन तीनकुने क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन सक्रिय प्रयास गरिरहेको छ।

सशस्त्र प्रहरी घाइते भएपछि सुरक्षा संयन्त्रलाई अझ बलियो बनाइएको छ।

स्थिति अझै पूर्ण रूपमा शान्त भइनसकेको हुँदा सर्वसाधारणलाई उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत