आइतवार, कार्तिक २३, २०८२

पाकिस्तानका एफएममा भारतीय गीत बजाउन प्रतिबन्ध


कान्तिपथ


इस्लामबाद । पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको छ । उनको सामाजिक सञ्जाल अकाउन्ट पनि ब्लक गरिएको छ । यससँगै भारतमा १६ पाकिस्तानी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाइएको छ ।

यो कदमबाट आक्रोशित बनेर अब पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले बिहीबार मे १ बाट आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरू प्रसारण बन्द गर्ने घोषणा गरेको छ । 

यो जानकारी पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूदले दिए। उनले भने, ‘पीबीएले तत्काल प्रभावबाट देशभरका पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारण बन्द गरेको छ ।’

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’

उनले पाकिस्तानका एफएम स्टेसनमा भारतीय गीत प्रतिबन्ध लगाउनु भनेको यस्तो कठिन समयमा राष्ट्रिय एकता सुदृढ गर्न र पाकिस्तानको मूल्य मान्यता जोगाउन हामी सबै एकजुट भएर उभिने सङ्केत भएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत