बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म


कान्तिपथ


कोची । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर ‘थुडारम’ दोस्रो हप्तामा सुपर बलियो भइरहेको छ ।

साथै, विश्वव्यापी बक्स अफिसमा २०० करोड क्लब तर्फ अग्रसर भएको छ। जसका कारण मोहन लालको अर्को फिल्म मलयालम चलचित्र उधोगको सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गरेको छ । 

थारुण मूर्थीद्वारा निर्देशित थुडारमले टोभिनो थोमसको २०२३ को सर्वाइभल थ्रिलर फिल्म (१८० करोड) पार गरिसकेको छ । 

यसअघि मलायालम फिल्ममा सबैभन्दा बढी मन्जुम्मेल ब्वाईज (२४१ करोड) र इम्पुरान (२६६.५ करोड) कमाएर पहिलो र दोस्रो फिल्म बन्न सफल भइसकेका छन । र, यस पछि ‘थुडारम’  तेस्रो ठूलो कमाई गर्ने फिल्म बनेको हो ।

थुडारमले आफ्नो पहिलो साता करिब १२० करोड कमाएको थियो भने दोस्रो हप्ता ५० प्रतिशतभन्दा कम घटेर ६५ करोडको हाराहारीमा अगाडि बढिसकेको छ, जुन अहिलेसम्म उत्कृष्टता कायमै छ । यो तेस्रो साताको अन्त्यमा २०० करोड क्लबमा प्रवेश गर्नेछ र त्यस पछि मलयालम चलचित्र उधोगमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गर्नेछ ।

राजापुथरा द्वारा निर्मित थुडारूमले आज घरेलु बक्स अफिसमा पहिलो हप्तामा नै १०० करोड कमाई गरेको हो ।

चलचित्र तेस्रो हप्तामा घरेलुमा पनि सबैभन्दा ठूलो मोलिउड कमाई गर्ने फिल्म हुने अपेक्षा गरिएको छ । र, गृह राज्य केरलामा पनि १०० करोड कमाउने लगभग देखिएको छ । यो विशेष राज्यमा १०० करोड कमाउने दुर्लभ कोसेढुंगा हासिल गर्ने पहिलो चलचित्रको अर्को रेकर्ड पनि कायम गर्नेछ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत