सुशील दर्नाल, काठमाडौँ। नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्वाचित हुनुभएको छ ।
अमेरिकाको नेभाडा राज्यको लस भेगस भेगासमा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो ।
त्यसैगरी उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा इश्वरी न्यौपाने, सचिवमा शंकरबहादर थापा र कार्यसमितिमा सुजन पण्डित बावुराम दाहाल निर्वाचित हुनुभएको अध्यक्ष भण्डारीको जानकारी दिए ।
सदस्यमा डिल्लीवहादुर रावत, दीपेन्द्र खड्का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ (जोले)र डोल्मा लामा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्रीय संयोजकमा सृजना काफ्ले (डिसी मेट्रो), शन्तिराज राई (उत्तर पूर्व), पीपक दाहाल (पश्चिम) र : दीपक दाहाल र आम ओम आचार्य (मध्य) निर्वाचित हुनुभएको छ ।
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाले क्रममा वार्षिक प्रकाशन ‘प्रयास’ सार्वजनिक गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ